सर्लाही प्रहरीले करिव ३६ बिघा गाँजा खेति नष्ट गरिसक्यो

लालबन्दी : सर्लाही प्रहरीले शुक्रवार पुनः एक बिघा ७ कट्ठामा लगाईएको गाँजा खेति नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासबाट गएको २० जना प्रहरीको टोलीले ईश्वरपुर नगरपालिका वडा नम्बर १२ लामिदमारका बिभिन्न स्थानमा लगाईएको गाँजा खेति नष्ट गरेको हो । जिल्लामा नयाँ एसपी आएपछि गाँजा फडानीमा प्रहरीले सक्रियता देखाएको छ । एकहप्ता अघि शुक्रवार जिल्लामा नयाँ प्रहरी प्रमुख नरेशराज सुवेदी आएका छन ।

उनले कार्यभार सम्हाल्दै गर्दा जिल्लामा ब्यापाक रुपमा अवैधानिक गाँजा खेति भएको सुचना आएको र ति सबै नष्ट गरिने बताएका थिए । त्यसको फलस्वरुप शुक्रवारसम्म सर्लाही प्रहरीले ३५ बिघा ७ कट्ठामा लगाईएको गाँजा खेति नष्ट गरिसकेको छ । जिल्लाका राजमार्गबाट उत्तरतर्फ सिन्धुलीसँग सिमा जोडिएको चुरे क्षेत्रका बिभिन्न भेगमा पाखोबारी तथा खोरियाहरुमा ब्यापक रुपमा गाँजा खेति हुने गरेको प्रहरीले सुचना पाएको छ ।

गाँजा फडानी कार्यले निरन्तरता पाउने नयाँ एसपी सुवेदीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

२०७९ मंसिर ८, बिहीबार १७:२२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते