गलैँचा व्यवसायका दुःख, राज्यले करमा छुट नदिँदा उद्योग संचालन गर्न धौधौ

  • भक्ती रिजाल, हरिवन ।

सर्हलाहीकाे हरिवन नगरपालिका वडा नम्बर १० मा रहेको आर. टी. गलैंचा कारखाना मधेस प्रदेशकै पहिलो र ठूलो हाे तर आर्थिक संकटका कारण ओझेलमा परेको छ ।

गलैंचा कारखानाका ब्यबस्थापक जीवन लामा भन्छन् : ‘गलैंचा बुन्ने धागो महंगो छ । त्यसमा पनि सरकारले १३ प्रतिशत मुल्य अभिवृद्धिकर थपिदिंदा उठ्नै नसक्ने गरी उद्योग थला परेको छ ।’

धागोको रेट महंगो भए पछि मजदुर पाल्नलाई समेत धौ धौ परेको लामाको भनाइ छ । ‘उद्योग मैत्री राज्य भैदिएको भए हामीलाइ उद्योग संचालन गर्न सहज हुने थियो’ लामाले भने ।

उद्योगले राज्यलाई बार्षिक एक लाख पचास हजार कर तिर्ने गरेको छ । हाम्रा हस्तकलाका सामान बिश्वभरि प्रख्यात छन् । बिश्वबजारले हाम्रा उत्पादन मन पराउँछ्न् । सरकारले उद्योगलाई मुल्य अभिबृद्धिकरमा नलगेर प्यानमा सिमित गरिदिने हो भने गलैंचा उद्योगले वैदेशिक रोजगारमा जाने ठूलो जमातलाइ रोक्न सहयोग गर्ने लामाको धारणा छ ।

हाम्रा प्रमुख विश्व बजार भनेको चीन, बेलायत, जर्मन, अस्ट्रेलिया तथा अमेरिका लगायत थुप्रै मुलुक पर्छन् । त्यसमा पनि चिनियाँहरुले चलाखि गर्छन, ‘उनिहरु हाम्रा उत्पादनलाई आफ्नो लेबल हालेर मेड इन चाइना राखेर बेच्ने गर्छन् ।’

उनकाे उद्योगमा ६५ जना मजदुरले काम गर्छन् । गलैँचा उद्योगलाई राज्यले मुल्य अभिबृद्धिकरमा सहुलियत दिने हो भने मजदुरको ठूलो हिस्सा काम बिहिन हुने थिएन ।

हरिवन नगरपालिका १० मा रहेको आर.टी. गलैंचा उद्योग प्रदेशकै पहिलो र ठूलो भएर पनि गुम्नाम छ । ‘राज्यले निति बनाएर स्वदेशी बजारको ब्यबस्थापन गरिदिने हो भने उद्योगी र मजदुर दुबै बाँच्ने थिए ।’ लामा भन्छन् ।

लामा भन्छन् ‘श्रमिककाे हकहितका लागि राज्यले निति निर्माण गर्नु पर्यो, मजदुरको पहिचान हुने खाले परिचय कार्डको ब्यबस्था गर्नु पर्यो ।’ बिगतका दिनमा मासिक दुई सय मिटर गलैँचा उत्पादन हुने गर्दथ्यो तर अहिले आएर उत्पादनको मात्रा घटेको छ ।

यो पनी तपाइँलाइ मन पर्न सक्छ ।

यही अबस्थाले गर्दा उद्योग धारासायी अबस्थामा पुग्न लागेको उनले सुनाए । २०६० सालबाट संचालनमा आएको पुरानो उद्योगलाई नयाँ समीकरणमा लैजान चाहेको तर हाल दर्ताबिनै चलेका साना गलैंचा कारखानाहरु अव्यवस्थित रुपमा संचालन भैदिँदा आफू मारमा परेको लामा बताउँछन् ।

बिगतका दिनमा बार्षिक दुई करोड हाराहारीमा गलैँचा उत्पादन हुने गर्दथ्यो तर अहिले आएर उत्पादन घटेको लामाको भनाइ छ । ‘नीति बनाएरै भए पनि स्थानीय सरकारले गलैँचा उद्योगलाई टेवा दिन तथा गलैंचाको बजार देश भित्रै खोजी गरिदिन पनि सरकारसँग माग गर्दछु ।’ लामाले भने ।

कोरोना माहामारीदेखि क्रमशः ओरालो लागेको गलैँचा उद्योगका (जसले मुलुकको निर्यात ब्यापारमा ठूलो टेवा पुर्याएको थियो)  मजदुरहरु यतिबेला पलायनको संघारमा पुगेकाले आफू पनि त्यसको मारमा परेको लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२०७९ भाद्र १७, शुक्रबार ०८:२० गते
चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

२०७९ कार्तिक २९, मंगलवार २१:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते