सांसद लुंगेलीले भेटिन जाडोले कठ्यांग्रीएर मृत्यु भएकाको परिवार

लालबन्दी : जाडोले कठ्यांग्रीएर मृत्यु भएका हरिपुरका २ परिवारलाई सांसद बेची लुंगेलीले समवेदना प्रकट गर्नुभएको छ । सांसद लुंगेली बुधवार मृतकद्वयकै घरमा पुगेर शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको हो ।

करिव एक हप्ता अगाडि हरिपुर ६ लक्ष्मिपुरका राम भगत माझि र वडा नम्बर ९ पिडारीका राजेन्द्र चौधरीको चिसोले कठयांग्रीएर मृृत्यु भएको थियो । तर मृत्युबारे परिवार तथा स्थानियले कसैलाई खबर गरेका थिएनन् । पछि केहि संचारमाध्यममा समाचार प्रकाशन भएपछि उनिहरुको मृत्युको खबर देशभरी फैलिएको थियो ।

सांसद लुंगेलीले समवेदना भेटमा मृतक परिवारलाई केहि न्यानो ओढ्ना र खाद्यान्न प्रदान गर्नुभएको स्थानियले बताएका छन ।

सांसद लुंगेलीले सो क्षेत्रका अति बिपन्न मुसहर समुदायमा बागमति सेवा समाजसँग सहकार्य गरि न्यानो कपडा बितरण गर्ने जानकारी दिनुभएको छ । जिल्लास्थित डिभिजन बन कार्यालयसँग आवश्यक प्रकृया पुरा गरि सो क्षेत्रमा आगो ताप्नका लागी दाउरा बितरण गर्ने योजनासहित उनिहरुलाई तराईको चिसोबाट जोगाउन आफुले सकेको प्रयास गर्ने सांसद लुंगेलीले बताउनुभयो ।

जिल्लाका प्रभावितलाई चिसोबाट जोगाउन पुषको पहिलो सातासम्म पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता गरेका छैनन् । पूर्ण अधिकार प्राप्त स्थानीय तहले आफ्नो पालिकाभित्र चिसोले कठ्यांग्रिएर केहीको मृत्यु भइसक्दा समेत न्यानो प्रदान गर्न चासो नदेखाएको भन्दै आलोचना गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

लामाद्धारा खेल जर्सि सहयाेग

लामाद्धारा खेल जर्सि सहयाेग

२०७९ भाद्र २८, मंगलवार ०६:०५ गते
कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

२०७९ मंसिर १६, शुक्रबार १२:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते