बागमतीमा मनसुनजन्य विपद् पुर्व तयारी कृत्रिम घटना अभ्यास गरियो

लालबन्दी : सर्लाहीको बागमतिमा मंगलवार बिहान मनसुनजन्य बिपद पुर्व तयारी कृत्रिम घटना अभ्यास गरिएको छ ।

जिल्ला बिपद् ब्यवस्थापन समन्वय समिती सर्लाहीको आयोजना तथा सम्बद्ध निकायको सहभागीतामा बागमतिमा रहेको माछा पोखरि (भरत ताल) मा बिपद पुर्व तयारी एवं प्रतिकार्य अभ्यास गरिएको हो । देशकै सबैभन्दा ठुलो मानव निर्मित ताल एवं पर्यटकिय क्षेत्रको रुपमा परिचित भरत तालमा तराईमा बर्षायाममा हुन सक्ने सम्भावित डुबानको जोखिम र बिपद्लाई मध्यनजर गर्दै सेना र शसस्त्र प्रहरीको संयुक्त टोलीले मनसुनजन्य बिपद पुर्व तयारी कृत्रिम घटना अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समन्वय समिति सर्लाहीका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै यसबर्ष मनसुन कम सक्रिय हुने पुर्वानुमान गरिएको भएपनि सर्लाही जिल्लाको पुर्वमा बाँके, पश्चिममा बागमति लगाएतका थुप्रै नदिहरु भएकोले जिल्ला मनसुनजन्य घटनाको उच्च जोखिममा रहेको बताउनुभयो । सिडियो यादवले नेपाल सरकारले मनसुनजन्य घट्ना भएमा तराईका जिल्लाको हकमा ३ लाखलाई ३ किस्तामा दिने योजना बिपद् कोषमार्फत ल्याएको बताउनुभएको थियो । उहाँले स्थानिय सरकार, प्रदेश सरकारसँगको समन्वयमा बिपद् पुर्व तयारीका लागी भएका बिभिन्न निर्णयहरुको कार्यान्वयनका लागी पहल गरिने समेत बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षता एवं जिल्ला समन्वय समितिका उप–प्रमुख राम आधार सिंह कुशाबाहाको प्रमुख आतिथ्यतामा सम्पन्न अभ्यास कार्यक्रममा बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, भैरबी दल गण प्रमुख सेनानी अभिषेक कार्की, शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारी, अनुसन्धान उप–निर्देशक सन्तोष ढुङ्गेल लगायत जिल्लाका स्थानीय तहका प्रमुख, उप–प्रमुख एवं प्रतिनिधिका साथै नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते