खप्तड लघुवित्त वित्तीयको आईपीओ बाँडफाँड कहिँले ? यस्तो छ बिक्री प्रबन्धकको जबाफ

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १६५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। यो लघुवित्तले गत भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो।

यो आईपीओमा आज भदौ १२ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। सीडीएससीका अनुसार आज साँझ ५ सम्म यो आईपीओमा १८ लाख५० हजार १३२ आवेदकबाट २ करोड ४ लाख २२ हजार ४०० कित्ता सेयर माग भएको छ। यो मागभन्दा १६५.४९ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण योआईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १२ हजार ३४० आवेदकले १० कित्ताकादरले सेयर पाउनेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।बाँडफाँड कहिँले ?

प्रभु क्यापिटल संग हाम्रो कुरा भए अनुसार अहिले डाटा भेरिफाईको काम भैरहेको र Pre-Allotment सकाएर, भदौ १९ गते सम्म बाँडफाँड हुने सम्भावना रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज माघ ४ गते बुधवारको राशिफल

आज माघ ४ गते बुधवारको राशिफल

२०७९ माघ ४, बुधबार ०६:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते