लालबन्दी : नेपाल प्रेस युनियन सर्लाही शाखाको अध्यक्षमा कृष्ण थपलिया चयन भएका छन ।
बिहिवार हरिपुरमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट थपलिया दोश्रो कार्यकालका लागि अध्यक्ष चुनिएका हुन । रेडक्रस शाखा कार्यालयको भवन हरिपुरमा बुधबारदेखि सुरु भएको जिल्ला अधिवेशनले पुनः थपलियाको अध्यक्षतामा१७ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन अधिकृत सोम दियालीले बताए ।
कार्यसमितिको उपाध्यक्षमा विनोद महतो, महिला उपाध्यक्षमा सिर्जना बस्नेत, सचिवमा रामबाबु खड्का, कोषाध्यक्षमा लभहरि ढुगेल, सहसचिवमा अनिता साहसहित अन्य सदस्य चयन गरेको हो । पत्रकार सोम दियालीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले अधिवेशन गराएको हो ।
यसैबीच नवगठित जिल्ला कार्यसमितिका अध्यक्ष थपलियाको अध्यक्षतामा बिहिवार नै पहिलो बैठक सप्पन्न गरिएको सचिव रामबाबु खड्काले बताए । बैठक पश्चात नयाँ कार्यसमितिले लालबन्दी २ का ३ घर अग्नि पीडितलाई घरमै पुगेर दाल, चामल, तेल लगाएतका खाद्य सामाग्री वितरण गरेको सचिव खड्काले बताए ।