हरिपुर्प्रवामा अझै आएनन् हाकिम, नगरपालिकाको काम अस्त ब्यस्त

सर्लाही । उपसचिव बासुदेव खनालले पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा सरुवा भएर आउन अस्वीकार गरेका छन ।

काठमाडौँको शङ्खरापुर नगरपालिकामा कार्यरत उपसचिव खनाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन साताअघि नै हरिपूर्वा नगरपालिकामा सरुवा गरेको थियो । आफू खनाललाई लिएर आउन भनी काठमाडौँमै रहेको तर उनले हरिपूर्वा जाँदै जान्न भनेको नगरप्रमुख विनोदकुमार साह तेलीले जानकारी दिए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत कोही पनि आउन नमान्दा समस्या भएको नगरप्रमुख साहको गुनासो छ । “खनाल जि त हरिपूर्वा जान्दै जान्न भन्नुहुन्छ, मन्त्रालयले अर्को कोही प्रमुख प्रशासकीय अधिकृत पनि दिन सकेको छैन्,” नगरप्रमुख साहले भने ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा आफ्नो नगरपालिका अझै बन्धक नै बन्ने निश्चित रहेको नगरप्रमुख साहले बताए । हरिपूर्वा नगरपालिकामा गएको असोज १८ गते हाजिर भएका उपसचिव शम्भुप्रसाद यादवलाई २४ घण्टामै फिर्ता बोलाइएको थियो ।

जनप्रतिनिधिबीच टकराब रहेको साे नगरपालिकामा कोही पनि उपसचिव प्रमुख प्रशासकीय अधिकृत भएर आउन मानिरहेका छैनन् भने नगरपालिकाले यो वर्ष नगरसभा गर्न सकेको छैन् । नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत भइदिए आफू आन्तरिक विवाद मिलाएर नगरसभा गर्न सक्षम रहेको बताउँदै आएका छन ।

नगरसभा नहुँदा शिक्षक, कर्मचारीको तलब, भत्ता र वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन् । बजेट नहुँदा वडा तथा नगरपालिका कार्यालय सञ्चालन गर्नै समस्या हुन थालेको गुनासो कर्मचारीले गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा असार अन्तिमतिर हाजिर हुन आएका उपसचिव निमेश मिश्रले केही दिन बसेर तलब तथा सामाजिक सुरक्षा भत्ता निकासा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

२०७९ कार्तिक २, बुधबार ०७:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते