नेपाल भारत सिमा नजिक पेस्तोलमा प्रयोग हुने ५३ राउण्ड गोली फेला

लालबन्दी । सर्लाहीमा पेस्तोलमा प्रयोग हुने ५३ राउण्ड गोली फेला परेको छ । नेपाल भारत सिमा नजिक जिल्ला सदरमुकाम मलंगवाको वडा नम्बर ८ गोरखकालीमा मोटरसाईकल ग्यारेजको अगाडीबाट सो गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका ५ बस्ने २८ बर्षका बिजय महतोले संचालन गरेको भोले बाबा अटो पार्ट्स एण्ड बिजय रिपेरिङ सेन्टर अगाडी खाली ठाउँमा कवाडी समान भएको ठाउँमा केएफ ७.६५ लेखिएको गोली बरामद भएको हो ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक ओम प्रकाश यादवको टोलिले उक्त स्थानमा माटो मुनि करिव ७ ईन्च खाल्डो खनि गरगहना राख्ने सानो ब्यागमा गाडेर राखेको अवस्थामा गोली बरामद गरिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया