सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचार सम्बन्धि सामाग्री हटाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामाग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ ।

आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको हो ।

आयोगका सहप्रवक्ता कमल भट्टराईले स्थिर समय सुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरु सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताउनुभयो ।

त्यसैगरि मंसिर १ गतेदेखि ४ गतेसम्म कुर्था–जनकपुरधाम–जयनगर रेल सेवा बन्द हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले बुधबार सूचना जारी गर्दै आसन्न निर्वाचनलाई मद्देनजर गर्दै बिहीबारदेखि आइतबारसम्म रेल सेवा बन्द गर्न लागेको जनाएको हो।​

मंसिर ५ गतेदेखि भने रेल नियमित सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिए। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३४.९ किलोमिटरमा रेल सेवा सञ्चालन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते