‘नेपाल प्रेस युनियन’को मधेस प्रदेश अध्यक्षमा बाराका श्रेष्ठ चयन

सर्लाही : नेपाल प्रेस युनियनको मधेस प्रदेश समितिको अध्यक्षमा बाराका सत्यप्रकाश श्रेष्ठ चयन भएका छन् । कलैयामा शनिवार सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय समिति सर्वसम्मत् चयन गरेको हो ।

समितिको उपाध्यक्षमा धनुषाका धिरेन्द्रप्रसाद साह, समावेशी उपाध्यक्षमा सोम दियाली, महिला उपाध्यक्षमा रमिता नेपाल, महासचिवमा अजयकुमार साह, सचिवमा सन्तोष पाण्डे, पुस्तिका केसी र मनोज माझी, कोषाध्यक्षमा पर्साका उदयदास थारु चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा गिरीराज ओली, सृजा थापा, श्रवण साह, धिरेन्द्र श्रेष्ठ, विजयकुमार साह, संजिबकुमार साह, अजयकुमार साह, उतिमलाल कापरी, बब्लु चौधरी, शैलेन्द्र सिंह, नवीन चौधरी, मुकेश झा, राकेश गुप्ता, लक्ष्मी चौधरी, हरिस खुद्धार, पवन मिश्र, दिपेश मल्लिक र नरेश चौधरी चयन भएका छन् ।

अधिवेशनले रन्जन खरेलको संयोजकत्वमा राहुल गुप्ता र प्रियंका दास सदस्य रहनेगरी लेखा समिति चयन गरेको छ । युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्ष अनिलकुमार कर्ण, महासचिव दिलिप पौडेल, कोषाध्यक्ष माधव धिताल र केन्द्रीय प्रतिनिधि रमेश वाग्लेको उपस्थितीमा समिति चयन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो

चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो

२०८० मंसिर २२, शुक्रबार ११:४० गते
एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते
जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

२०७९ आश्विन ६, बिहीबार १४:५६ गते
सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

२०८० जेष्ठ ४, बिहीबार २१:१० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते