सर्लाहीमा उखु किसानको आन्दोलन सुरु, भाेली अर्थ मन्त्रालय र कृषि मन्त्रालयको पुत्ला जलाईने

क्षितिज विश्वकर्मा, सर्लाही । उखु उत्पादक संघको बिरोध र आन्दोलनको कार्यक्रम यसपाली पनि सुरु भएको छ । उखुको उचित मुल्य तोक्न र गत बर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै यसपाली पनि सर्लाहीका संयुक्त उखु किसान संघले आन्दोलन सुरु गरेका हुन ।

नेपाल उखु उत्पादक महासंघ, मिल गेट उखु उत्पादक समिती र किसान हक हित संरक्षण समितीले आन्दोलनको पहिलो दिन शनिबार हरिवनमा उखुको लाँक्रा बोकेर प्रदर्शन गरे । आन्दोलनको तयारी स्वरुप संघले शुक्रबार हरिवनमा बृहत किसान भेला गरेको थियो । किसानले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गरेका छन् । भने गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै पाएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र दिनुपर्ने माग गरेका किसान नेताहरुले बताएका छन ।

धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ रोकेका छन । मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरेपनि किसानले अस्वीकार गरेका छन् । चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० निर्धारण गर्नुपर्ने किसानको माग छ ।

संघले आईतबार दिउँसो १ बजे हरिवनको नमूना अस्पताल जाने मोड, महेन्द्र राजमार्गको कडरिया चोकमा उखु किसानहरुको आन्दोलन अन्तर्गत अर्थ मन्त्रालय र कृषि मन्त्रालयको प्रतीक बनाएर दहन गर्ने कार्यक्रम रहेको मिल गेट उखु उत्पादक समितीका अध्यक्ष राजकुमार उप्रेतिले जानकारी दिए । त्यस्तै सोमबार किसान नेता, जनप्रतिनिधि र किसान उतारेर सडकमा सुत्ने कार्यक्रम रहेको छ भने राजमार्गमा उखुको ट्रक हिड्न नदिने, राजमार्गमा मसाल जुलुस गर्ने, दैनिक सडक चक्काजाम गर्ने लगाएतका कार्यक्रम रहेको उप्रेतिको भनाई छ । यसको जिम्मा भने राज्यले लिनुपर्ने उनको जिकिर थियो ।

गएको वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते