कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा यादव चयन

जनकपुरधाम : नेपाली काँग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।

कृष्णले १८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाए। प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्।

बिहीवार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया