मकवानपुर जिल्लको भीमफेदी गाउँपालिका स्थित श्री राष्ट्रिय माध्यमीक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु गठन भएको छ । आज बिहीबार अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको एक कमिटी पाँच काम अभियान अन्तर्गत भीमफेदी कमिटीले कमिटी गठन गरेको हो । उक्त मा.कि. कमिटीको अध्यक्षमा मनुशा शेर्पा चयन भएको छ भने कमिटीको उपाध्यक्षमा मिलन घलान, सचिवमा सुहाना नेगी, सह सचिवमा संचाली रुम्वा, अनिष घलान र मनिता वाईबा तथा कोषाध्यक्षमा रेजिना वाईबा चयन भएको छ । शेर्पा अध्यक्ष भएको कमिटी २९ जनाको गठन गरिएको अखिल भीमफेदीकी सचिव अल्सा वाईबाले बताईन् ।
कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला सदस्य राजिव परिया, भीमफेदी गाउँपालिका अध्यक्ष सुनीसा पाख्रीन तथा सचिव अल्सा वाईबाको उपस्थिती रहेको थियो ।