सदरमुकाम मलंगवामा सडक अतिक्रमण गरि बनाईएका घरहरुमा डोजर चलाईयो

मलंगवा : मलंगवा नगरका नगरप्रमुखकै घरमा डोजर चलाएर सडकको अतिक्रमण हटाउन शुरु गरिएको छ।

स्थानीयले सडकको १५ मिटरभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन आनाकानी गर्दा लामो समयदेखि सडक विस्तार ठप्प रहेको थियो। नगरप्रमुख नागेन्द्रप्रसाद यादवकै घरमा मंगलबार दिउँसो डोजर चलाई सडकभित्र पर्ने संरचना भत्काइएको हो।

मलंगवास्थित जिल्ला समन्वय समिति (साविक जिविस) चोकदेखि बसपार्कसम्मको सडक यसअघि नै १५ मिटर कायम गरी ढलान भइसकेको छ।​ त्यहाँदेखि अगाडि भने घर भत्काउने क्रममा विवाद हुँदा काम रोकिएको थियो। नगरप्रमुख यादवले कृष्णामती माविदेखि नेपाल बैंक, पुरानो भन्सार कार्यालय हुँदै राजश्री सिनेमा हलसम्मको सडकमा पर्ने घर तथा अन्य संरचना भत्काउन दुईवटा डोजर प्रयोग गरिएको जानकारी दिए। घर भत्काउन डोजर लगाइएपछि स्थानीयबाट हुन सक्ने अवरोधलाई मद्देनजर गरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

सदरमुकाम, त्यसमाथि जिल्लाकै पुरानो र पहिलो नगरपालिका भएर पनि मलंगवाको सडक, नालालगायत अन्य क्षेत्रमा विकास हुन नसकेको भन्दै आलोचना हुने गरेको छ।

जिविस चोकदेखि बसपार्कसम्मको सडक निर्माण पूरा हुँदा आवतजावतमा सहज भएको छ। त्यसभन्दा अगाडि भने सडक अत्यन्तै साँघुरो र सडकमै फुटपाथ पसल राख्दा पैदल यात्रुलाई हिँडडुल गर्न र सवारीचालकलाई सवारी सञ्चालन गर्न अप्ठेरो हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

२०८० श्रावण ३२, बिहीबार २०:२९ गते
आज दर खाने दिन

आज दर खाने दिन

२०७९ भाद्र १३, सोमबार ००:५८ गते
दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

२०८० कार्तिक १८, शनिबार २३:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते