फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, फाइनल १८ डिसेम्बरमा

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ।

विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

फिफाले बुधबार समूह चरणसहित फाइनलसम्मको खेलको ‘किकअफ टाइम’ पनि सार्वजनिक गरेको हो।

समूह चरणमा एकैदिन चार वटा सम्म खेल हुनेछ। जसमा पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे हुनेछ। दोस्रो खेल साँझ पौने सात बजे र तेस्रो खेल राती पौने ९ बजे हुनेछ। यस्तै अन्तिम खेल त्यहिँ दिनको मध्यरात पौने १ बजे हुनेछ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा तेस्रो स्थानको प्लेअफ हुनेछ। तेस्रो स्थानको प्लेअफ १७ डिसेम्बरमा हनेछ। यस्तै फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राती पौने ९ बजे लुसेल रंगशालामा हुनेछ।

यस्तै समूह चरणको अन्तिम खेलहरु पौने ९ बजे र मध्य रात पौने १ बजे हुनेछन्।

नकआउट चरणका खेल पनि समूह चरणकै समयमा हुनेछन्।

समूह चरणका खेल १२ दिनमा सकिनेछन्। 

कतारको भन्दा नेपालको समय पौने तीन घन्टा छिटो छ। त्यसैले यसपटकको विश्वकपमा नेपाली दर्शकलाई टेलिभिजनमार्फत खेल हेर्न सजिलो हुन सक्छ।

खेल तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

२०७९ फाल्गुन १६, मंगलवार ०८:१६ गते
चाडबाडमा के खाने, कति खाने ?

चाडबाडमा के खाने, कति खाने ?

२०८० कार्तिक ५, आईतवार २०:५५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते