श्री हरिहर जनता आधारभुत विद्यालय हरिपुरका विद्यार्थीहरुलाई टिफिन बक्स बाँडियो

लालबन्दी । सर्लाहीको हरिपुरमा रहेको श्री हरिहर जनता आधारभुत विद्यालयका विद्यार्थीहरुलाई बुधवार खाजा खाने भाँडो (टिफिन बक्स) वितरण गरिएको छ ।

विद्यालयले विद्यार्थीहरु नियमित विद्यालय आउन् र विद्यालयबाट नभागुन् भनेर कक्षा ६, ७ र ८ का विद्यार्थीलाई टिफिन बक्स बाँडिएको विद्यालयका प्रधानाध्यापक शम्भुकुमार रायले जानकारी दिनुभयो । हरिपुर नगरपालिका वडा नम्बर १ मा रहेको विद्यालय प्रांगणमा सोहि वडाका वडाध्यक्ष नानीबाबु थापाको प्रमुख आतिथ्यमा एक औपचारीक कार्यक्रम गर्दै विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यबस्थापन समितीका अध्यक्ष होमराज काफ्लेसहित अन्य सदस्यहरु, अभिभवाक, स्थानिय शिक्षा प्रेमि व्यक्तिहरु, शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते