डाईनीखोला बस्तिमा बिजुली बत्ति बल्यो, स्थानिय खुसि

राजेश पाठक, लालबन्दी : सर्लाही जिल्लाको बिकट क्षेत्र मानीने डाईनीखोला बस्तिमा बिजुली बत्ति बलेको छ । बस्तिमा बिजुली बत्ति बलेपछि त्यहाँका स्थानिय खुसि भएका छन ।

लालबन्दी नगरपालिका वडा नम्बर १४ मा पर्ने सो बस्तिमा लालबन्दी नगरप्रमुख वासुदेव अधिकारी र नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख संजिव कुमार साहले बिहिवार नयाँ जडित ट्रान्सफर्मरमा बत्ती बालेर विद्युत सेवा शुभारम्भ गरे । सो बस्ति आसपासका अन्य बस्तीमा बिजुली बत्ति बलेको दुई दशक भइसक्दा पनि त्यहाँका बासिन्दा टुकी बालेर बस्न बाध्य थिए ।

बत्तिको स्विच थिचेर आधिकारीक उद्घान गर्न भेला भएका मेयर अधिकारी, बिद्युत लालबन्दी बितरण केन्द्र प्रमुख साह, वडाध्यक्ष छेनामसिंह घिसिङलगाएतलाई त्यहाँका स्थानियले खादा र अबिर लगाएर सम्मान गरेका थिए । सो क्षेत्रमा बिजुली पुगेपछि करिव ३०० घरधुरी लाभान्वित हुने स्थानियले खुसि हुँदै भने ।

सो वडामा ६ वटा २५ केभिए र एउटा १५ केभीको ट्रान्सर्फमर जडान गरिएको छ । भौगोलिक विकटताको कारण अझै सो वडाको सवै क्षेत्रमा विद्युत विस्तार हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फागुन २९ गते सोमवारको दैनिक राशिफल

फागुन २९ गते सोमवारको दैनिक राशिफल

२०७९ फाल्गुन २९, सोमबार ०६:३४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते