सर्लाही १ मा राम प्रकाश चौधरी बिजयी

लालबन्दी : सर्लाही १ मा राम प्रकाश चौधरी बिजयी हुनु भएको छ । उहाँ सत्तारुढ बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो । उहाँले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मान बहादुर खड्कालाई पराजित गर्नु भएको हो ।

नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक समेत रहनुभएका चौधरीले लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा)बाट प्रतिनिधिसभा तर्फको चुनाव लड्नुभएको थियो । चौधरीले २४ हजार ८३८ मत पाउँदा खड्काले १८ हजार ४०४ मत प्राप्त गर्नुभएको थियो । चौधरीले खड्काभन्दा ६ हजार ४३४ बढि मत ल्याएर प्रतिनिधिसभा सांसदमा निर्वाचित हुनु भएको हो ।

सर्लाही १ बाट प्रतिनिधिसभातर्फ चौधरीसहित १० जना चुनावि मैदानमा थिए । तेश्रोमा रहनुभएका नेकपा एमालेसँगको गठबन्धनका जनता समाजवादी पार्टी नेपाल (जसपा) नेता, सोहि क्षेत्रका निवर्तमान सांसदसमेत रहनुभएका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज माघ १ गते आइतवारको दैनिक राशिफल

आज माघ १ गते आइतवारको दैनिक राशिफल

२०७९ माघ १, आईतवार ०६:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते