फरक क्षमताका बालबालीका न्यानो कपडा वितरण गर्दै गर्दै जन्मदिन मनाईन कडरियाले

  • प्रेमनाथ पौडेल, हरिवन ।

सर्लाहीको हरिवनमा एक महिला नेतृले आफ्नो जन्मदिन फरक क्षमता भएका तथा असहाय बालबालीकाहरुसँग मनाएकी छिन ।

हरिवन ८ कडरियाचोक घर भएकी अन्जना पन्त कडरियाले आफ्नो जन्मदिनमा फरक क्षमताका बालबालीकालाई न्यानो कपडा तथा खाद्य सामाग्री बितरण गर्दै मनाएकी हुन । बौद्धिक तथा शारिरिक अपाङ्ग मानबसेवा केन्द्र, मन्जु श्री असहाय सेवा केन्द्र सर्लाहीकि अध्यक्ष एवं नेकपा एमाले सर्लाही जिल्ला कमिटी सदस्य महिला नेतृ कडरियाले आफ्नो ४२ औं जन्मोत्सव असहाय र फरक क्षमता भएका बालबालिकालाई न्यानो कपडा तथा खाजा सामाग्री प्रदान गर्दै जन्मोत्सब मनाईन ।

उनले असहाय तथा फरक क्षमता भएका बालबालिकालाई उनिहरुकै घरमा पुगेर ज्याकेट, हाईनेक, ट्राउजर र खाजाका लागि बिस्कुट, चाउचाउ, भुजा चिउरा, दालमोट लगायतका सामाग्री प्रदान गरेको सेवा केन्द्रकि उपाध्यक्ष गंगा ढुङ्गेलले बताईन । कडरियाले तराईको कठयांग्रीदो जाडोबाट बालबालीकालाई जोगाउनका लागी न्यानो कपडा र खाजाका सामाग्री प्रदान गरि जन्मोत्सब मनाउन पाउँदा आफुलाई खुसि लागेको प्रतिकृया दिईन ।

‘हुने खानेका लागि त सबै हुन्छन्, जो असहाय छन्, जो फरक क्षमताका अपाङ्गता भएका बालबालिका छन्, तिनीहरुको सेवा गर्न सके मात्र मनुष्य जीवन पाएको सार्थक हुने’ भन्दै कडरियाले आफूले पनि त्यस्तै बालबालिकाहरुको सेवा गर्ने उदेश्यले बालबालीकाहरुलाई न्यानो कपडा र खाद्य सामाग्री प्रदान गर्दै जन्मदिन मनाएको बताईन ।

यो कठ्यांग्रीँदै चिसोमा बालबालीकालाई न्यानो कपडा र खाद्य सामाग्री प्रदान गरेकोमा तिनका संरक्षक एवं अभिभावकले कडरियालाई धन्यवाद प्रकट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

२०८० आश्विन १९, शुक्रबार १४:५२ गते
सोनाम ल्होछार पर्व मनाइँदै

सोनाम ल्होछार पर्व मनाइँदै

२०७९ माघ ८, आईतवार ०७:१६ गते
एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते