पर्साको जिराभवानी गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

वीरगंज – पर्साको जिराभवानी गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको हो ।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए ।

भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका बिज्ञ सदस्य हिमाल चन्द गौतम सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गर्न गाउँपालिका अध्यक्ष अनोज चौधरी पनि सकरात्मक रहेको र यस्तो सामाजिक कार्यमा मेरो पुर्णरुपले सहयोग रहनेछ । भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाउँदै अध्यक्षले भूमि आयोगका कामलाई सहयोग गर्ने बताए ।

अभिमुखीकरणमा गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, सम्पुर्ण वडाका वडाअध्यक्षहरु, सदस्य र कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

२०८० कार्तिक १६, बिहीबार २०:५५ गते
समय अगावै बजारमा आँपको बिगबिगी

समय अगावै बजारमा आँपको बिगबिगी

२०८१ जेष्ठ १९, शनिबार २२:१३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते