सर्लाहीमा आज बिहानैबाट बाक्लो हुस्सु

लालबन्दी : सर्लाहीमा आज (बिहीबार) बिहानैबाट बाक्लो हुस्सु लागिरहेको छ । घाम नलागेपछि जिल्लावासीले कठ्यांग्रिदो चिसो महशुस गरिरहेका छन् । मंसिर अन्तिम सातातिरबाट बाक्लो हुस्सु लाग्न सुरु भएर ३/४ दिनदेखि दिनभर पारिलो घाम लाग्न थालेको थियो । तर, फेरि आज बिहानबाट बाक्लो हुस्सु लाग्न सुरु भएको हो ।

उत्तरी भेगमा बिहान केहीबेर घाम देखिए पनि अहिले फेरि बाक्लो हुस्सु लागेर ढाकेको छ । आज जिल्लाको तापक्रम समेत घटेको छ । बिहान ७ बजे सर्लाहीको न्यूनतम तापक्रम १२ डिग्री सेल्मीयस मापन गरिएको छ ।

लालबन्दी ५ स्थित मुसहर बस्तिका बालबालीकाहरु आगो ताप्दै । तश्विर : राजेश पाठक

कठ्यांग्रिदो चिसोले पराल ओछयाएर सुत्न बाध्य मुसहर, डोम, चमारजस्ता अतिविपन्न तथा दलित अनि मजदुर परिवार प्रभावित बनेका छन् । चिसोले कठ्यांग्रिएर जिल्लामा मानिसको मृत्यु समेत भइरहेको छ । हरिपुर नगरपालिकाको वडा नं. ६ लक्ष्मीपुर र ९ पिडारीमा ३ जनाको ज्यान गइसकेको छ ।

प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता गरेका छैनन् । पूर्ण अधिकार प्राप्त स्थानीय तहले चिसोले पालिकाभित्रका वासी कठ्यांग्रिएर रहेको र केहीको मृत्यु भइसक्दा समेत न्यानो प्रदान गर्न चासो नदिएको भन्दै चर्को आलोचना भइरहेको छ । उज्यालो अभियान

कौडेना बजारका युवाहरु आगो ताप्दै । तश्विर : धिरोज राय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फागुन २९ गते सोमवारको दैनिक राशिफल

फागुन २९ गते सोमवारको दैनिक राशिफल

२०७९ फाल्गुन २९, सोमबार ०६:३४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते