लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छानिए

  • लालबन्दी, सर्लाही ।

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८० का लागि छनोट भएका १० कृतिको नाम लालबन्दी नगर वाङ्‌मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।

स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रञ्जना निरौलाको ‘अनुभूतिको अवतरण’, सिम्रन क्षेत्रीको ‘झुमर’, दामोदर पुडासैनी किशोरको ‘डोल्पो ओ डोल्पो’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’, सन्तोष श्रेष्ठको ‘फरैना’, रामलाल जोशीको ‘बाआमा’, प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’, युवराज नयाँघरेको ‘याकजी’, विदुर चालिसेको ‘लघुकथालय’ र अशोक थापाको ‘सन्तापको धून’ परेको परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वाङ्‌मय परिषद्लाई प्राप्त १४५ कृतिमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिमध्ये उत्कृष्ट एक कृतिलाई वाङ्‌मय परिषद्ले पुरस्कृत गर्ने बताइएको छ ।

सम्मान तथा पुरस्कार छनोट समितिले १० कृतिमध्ये पुनः एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई ‘लालबन्दी नगर वाङ्‌‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८०’ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

यस अघि पहिलोपटक परिषदले गतबर्ष नवराज लम्सालको ‘अग्नी’लाई सम्मान गरेको थियो भने स्थानिय प्रतिभा पुरस्कार पत्रकार क्षितिज विश्वकर्माले प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

एमाले मकवानपुरको उम्मेदवार टुङ्गियो

एमाले मकवानपुरको उम्मेदवार टुङ्गियो

२०७९ आश्विन २१, शुक्रबार १३:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते