असोज ३ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी  शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो ।

महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन्। उनले पटक पटकको संवाद र छलफल पछि पनि सरकारले यो विधेयक मार्फत शिक्षक-कर्मचारीलाई धोका दिएको बताइन् ।

उनका अनुसार उक्त विधेयकले एकातिर स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन ।

‘अर्कातिर संविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि पनि अङ्कुश लगाउन खोजेको छ,साथै यसले आम नेपाली शिक्षक/कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर सङ्कट ल्याउने निश्चित छ, यी सबै समस्याहरूको एकमुष्ट समाधान गर्न नेपाल शिक्षक महासङ्घ कडा आन्दोलनमा जान बाध्य भएको छ, यसै कारण २०८० असोज ३ गतेबाट देश भरिका विद्यालय बन्द गरी काठमाडौंमा गरिने सडक आन्दोलन सहभागी हुन सबै शिक्षक/कर्मचारीहरूलाई आह्वान गरिएको छ,’उनले भनेकी छिन् ।

उनीहरूले विभिन्न १७ वटा मागहरू राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

भक्तपुरमा चिनियाँ नेता ली

भक्तपुरमा चिनियाँ नेता ली

२०७९ भाद्र २९, बुधबार ०७:१६ गते
यस्तो छ आजकाे माैसम

यस्तो छ आजकाे माैसम

२०७९ भाद्र १९, आईतवार ०१:५६ गते
जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

२०७९ आश्विन ६, बिहीबार १४:५६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते