स्वतन्त्र सांसद कुशवाहा माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

जनकपुरधाम : सर्लाही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद (मधेश प्रदेशसभा सदस्य) जवाहरलाल कुशबाहा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् ।

उनले एमालेका गणेश प्रसाईंलाई हराएका थिए । करिब एक वर्षअघि नेपाली कांग्रेस परित्याग गरी कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

प्रचण्डले टीका र खादा लगाएर कुशवाहालाई आफ्नो पार्टीमा स्वागत गरेका माओवादी केन्द्र हरिवन नगर कमिटीका सचिव गौरी महतोले जानकारी दिए।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रदेशसभामा बागी उम्मेदवारी दिएपछि माओवादीले उनलाई कारबाही गरेको थियो।

माओवादीले कारबाही गरेपनि कुशवाहाले माओवादीकै सहयोगमा सत्तारुढ पाँचदलीय र एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आशा थियो एउटामा, अवसर अरुले दियो

आशा थियो एउटामा, अवसर अरुले दियो

२०७९ फाल्गुन ५, शुक्रबार २१:५० गते
इन्धनको मुल्य घट्यो, पेट्रोलको कति ?

इन्धनको मुल्य घट्यो, पेट्रोलको कति ?

२०७९ पुष २, शनिबार ०८:२९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते