सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को (ख) मा बेची लुंगेली बिजयी

लालबन्दी : सर्लाही निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा लोकतान्त्रीक बाम गठबन्धनकी साझा उम्मेदवार बेची लुंगेली बिजयी हुनु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धिभन्दा झण्डै दोब्बर मतान्तरले जित हासिल गर्नुभएको हो ।

अन्तिम मतपरिणामअनुसार लुंगेलीले १३ हजार ६७७ मत पाउनुभएको छ । त्यसैगरि नेकपा एमालेकी शान्ति लामाले ६ हजार ९७८ मत पाउँदा नेकपा (माओवादी केन्द्र) परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका राजन कुमार श्रेष्ठले ५ हजार ९४५ मत पाउनु भएको छ ।

सर्लाही १ प्रदेशसभा २ बाट प्रदेशसभा सदस्य पदका लागी ११ जना प्रतिस्पर्धामा रहेका थिए । मतगणनाको सुरु देखि नै अगाडि रहनुभएकी लुंगेलीले लोकप्रिय मतसहित जित हासिल गर्नु भएको हो ।

आफ्नो क्षेत्रमा अत्यन्तै लोकप्रिय लुंगेली सोहि क्षेत्रको निवर्तमान सांसद पनि हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते