शहीद सप्ताह सुरु, आज शुक्रराजको सम्झना गरिँदै

काठमाडौं : शहीद सप्ताह सुरु भएको छ। प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताह मनाइन्छ।

शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको सम्झनामा काठमाडौं महानगरपालिकाले मंगलबार बिहान टेकु मचलीमा श्रद्धाञ्जली सभाको आयोेजना गरेको छ।

श्रद्धाञ्जली सभामा काठमाडौं महानगरका प्रमुख, उपप्रमुखसहित महानगरका पदाधिकारीहरूको उपस्थिति रहने महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले जानकारी दिए। त्यस्तै १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ। यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी गर्दै लैनचौरमा पुगेर शहीद स्तम्भमा सभा हुनेछ।

वि.सं. २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजनमा शहीद सप्ताह तथा दिवस मनाउने गरिएको छ। स्वतन्त्रताको माग गर्दा १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते