सर्लाहीमा नक्कली नोटको बिगबिगी

लालबन्दी : सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ ।

लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको जानकारी दिनुभयो । ती नक्कली नोटसँगै एक हजार दरको नोट आकारकै पाँच सय भन्दा बढी ‘फोटोकपी पेपर’ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभएको छ ।

नक्कली नोट बनाउने कार्यमा संलग्न व्यक्तिले बजारमा ती नोट प्रयोग गर्न नसकेपछि फोहोर फाल्ने ठाउँमा ल्याएर फालेको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले नक्कली नोट बनाएर फाल्ने व्यक्ति पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ ।

सर्लाहीमा पछिल्लो समय नक्कली नोटको कारोबारी सक्रिय भइरहेका छन् । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नक्कली नोटसहित यसको कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कारबाही समेत चलाइरहेको छ ।

लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर कार्की (गोपाल)ले मङ्गलबार बिहान नक्कली नोट फेला परेको स्थानमा आफू पनि पुगेको र स्थानीय तथा व्यापारीलाई नक्कली नोटको कारोबारीबाट सचेत रहन आग्रह गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

गजल – देश बेच्नुपर्छ

गजल – देश बेच्नुपर्छ

२०७९ फाल्गुन ८, सोमबार ०८:२८ गते
सोनाम ल्होछार पर्व मनाइँदै

सोनाम ल्होछार पर्व मनाइँदै

२०७९ माघ ८, आईतवार ०७:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते