किटजन्य रोग नियन्त्रण तथा निवारणको लागी लालबन्दीमा अन्तरक्रिया गरियो

लालबन्दी । सर्लाहीको लालबन्दीमा आईतवार किटजन्य रोग नियन्त्रण तथा निवारणको लागी बहुनिकाय सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

लालबन्दी नगरपालिकाको आयोजनामा नगरभित्रका स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, निजि स्वास्थ्य संस्था, संघ संस्था तथा क्लवका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागी गराएर अन्तरक्रिया गरिएको हो । नगरप्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले किटजन्य रोग नियन्त्रण तथा निवारणको लागी रोग पहिचान र निवारणका लागी खेल्नुपर्ने भुमिकाका बिषयमा चर्चा गरेका थिए ।

सहभागीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख मेडिकल अधिकृत डाक्टर बिरोचन चौधरी र जनस्वास्थ्य अधिकृत रोशन चौधरीले किटजन्य रोगको बारेमा जानकारी गराउनुका साथै त्यस्ता रोगको ईतिहास, पहिचान र नियन्त्रणका लागी भएका प्रयास लगाएतका बारेमा बताएका थिए । लालबन्दी नगरपालिका वडा नम्बर ४ जब्दिस्थित स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक देव कुमार महतोको संयोजकत्वमा भएको अन्तरक्रिया कार्यक्रममा किटजन्य रोग जस्तै मलेरिया, कालोज्वरो, डेंगु लगाएतका बारेमा चर्चा गरिएको लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानिले बताउनुभयो ।

कार्यक्रम लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित नगरपालिकाको पुरानो सभाहलमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

कविता – ‘धराको मलिनता’

कविता – ‘धराको मलिनता’

२०८० भाद्र ८, शुक्रबार २१:५४ गते
४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९, शनिबार ०६:२१ गते
सर्लाही १ मा राम प्रकाश चौधरी बिजयी

सर्लाही १ मा राम प्रकाश चौधरी बिजयी

२०७९ मंसिर ८, बिहीबार ११:२४ गते
आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन १२, शुक्रबार ०६:१७ गते
कौडेनाका युवाहरुले गरे टोल सरसफाई

कौडेनाका युवाहरुले गरे टोल सरसफाई

२०७९ कार्तिक २६, शनिबार १२:०२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते