हरिपुरमा एक युवकले आफ्नै घरमा आगो लगाए

हरिपुर : सर्लाहीको हरिपुरमा एक युवकले आफ्नै घरमा आगो लगाएका छन । मानसिक सन्तुलन ठिक नभएका ति युवकले लगाएको आगोबाट घर पुर्ण रुपमा जलेको छ ।

घर जल्दा करिव साँडे १२ लाख बराबरको क्षति भएको पिडित परिवारले बताएका छन । हरिपुर नगरपालिका २ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दिपक न्यौपानेले आफ्नै घरमा आगो लगाएका हुन ।

सोमबार राति ईंटा र काठले बनेको २ तल्ले घर जल्दा घरभित्र भएका अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित नगदसमेत जलेको र एउटा बाख्रा पनि जलेर मरेको छ ।

राति १० बजेतिर लागेको आगो स्थानिय, हरिपुर प्रहरी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा करिव २ घण्टापछि नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!