सर्लाहीमा ४८७ जना एचआईभि संक्रमित रहेको तथ्यांक

लालबन्दी : आज ३५ औँ विश्व एड्स दिवस, सर्लाहीमा पनि कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय मलंगवाको आयोजनामा जनचेतनामुलक ¥याली गरिएको हो ।

प्रादेशिक अस्पताल मलंगवा, पहिचान नेपाल, सन्त अल्पमाई राम नारायण कलेज लगाएतका संस्थाहरुको सहभागीतामा स्वास्थ्य कार्यालय मलंगवाले कार्यक्रमको आयोजना गरेको स्वास्थ्य कार्यालयका एचआईभि परामर्शदाता (एआरटि काउन्सलर) मुकेश अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालका कर्मचारीहरु, चिकित्सक, कलेजका शिक्षक, बिद्यार्थीहरु लगाएतको सहभागीतामा स्वास्थ्य कार्यालयदेखि निस्किएको ¥याली बालमन्दिर हुँदै अदालत निस्किएर पुनः स्वास्थ्य कार्यालयमै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका बक्ताहरुले एड्स रोगको परिचय, लक्षण, सामाजिक दृष्टिकोण रोकथामको उपाए लगाएतका बिषयमा आफ्नो धारणा राखेका थिए ।

सर्लाही जिल्लामा ४८७ जना एचआईभि संक्रमित रहेका तथ्यांक छ । उनिहरुले नियमित रुपमा औषधि सेवन गर्दै आएका एआरटि काउन्सलर अधिकारीले बताउनुभयो । उहाँका अनुसार नियमित रुपमा एन्टीरेट्रो भाइरल औषधि खाने गरेमा एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ्य जीवनयापन गर्न सक्छन् । सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टीरेट्रोभाइरल उपचार सेवा दिँदै आएको छ ।

असुरक्षित यौनसम्पर्कलाई एचआईभी एड्सको मुख्य कारण मानिन्छ । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घट्दै गएको पाइएको छ ।

दुई दशकमा नयाँ एचआईभी सङ्क्रमणदर झण्डै ८४ प्रतिशतले घटेको छ । त्यस्तै एड्सका कारण हुने मृत्यु ७१ प्रतिशतले घटेको छ । दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस वर्ष दिवसको नारा ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै 

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै 

२०७९ मंसिर ६, मंगलवार ०८:३८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते