फुलजोरमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, तीन घाईते

लालबन्दी : सर्लाहीको ईश्वरपुर १२ मा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ३ जना घाईते भएका छन ।

पुर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने फुलजोर जंगलमा बिपरित दिशाबाट गईरहेका २ ओटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सोमबार बेलुकी साँडे ६ बजेको समयमा भएको दुर्घटनामा प्रदेश नम्बर २-०३-००४ प ७८८४ नम्बरको मोटरसाइकल चालक बारा जिल्ला कलैया उपमहानगरपालिका १६ का अन्दाजी ४५ को कन्हाई चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सो मोटरसाइकलको पछाडी बसेका सोहि ठाउँ वडा नम्बर ३ ब्रम्हपुरिका बर्ष ३२ का अजय कुमार पटेल गम्भीर घाइते भएका छन । उनको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार गरि थप उपचारका लागि बिरगंज पठाइएको छ ।

त्यसैगरी बिपरित दिशाबाट आएको ज ११ प ८१० नम्बरको मोटरसाइकल चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका ६ का अन्दाजी बर्ष २५ का सुनिल आले मगरको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा टाउको र शरीरमा चोट लागेका मगरलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिनुभयो ।

दुर्घटनामा सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँका बर्ष २४ कि रुबिना तामाङ र सोही उमेरका युवराज राई घाइते भएका छन । उनिहरुको लालबन्दी १७ रानिगंजमा रहेको त्रिदेव हस्पिटलमा उपचार गरिएको छ ।

दुर्घटनामा परेको दुबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

झिलिमिलीको पर्व तिहार

झिलिमिलीको पर्व तिहार

२०८० कार्तिक २६, आईतवार १४:१२ गते
६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

२०८० माघ २५, बिहीबार १६:३१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते