नेकपा (एस) को जिल्ला कमिटि बैठकमा सांसद लुंगेलीलाई बधाई तथा शुभकामना

लालबन्दी : नेकपा (एकिकृत समाजवादी) पार्टीले आईतबार चुनावी समिक्षा, बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरस्थित जडिबुटि प्रशोधन केन्द्र परिसरमा पार्टीको पुर्ण बैठक बसेको हो ।

पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता तथा पार्टीका स्थायी कमिटी सदस्य एवं मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकले ६ महिनाभित्र पार्टी संगठनलाई गाउँ नगरसम्म विस्तार गरिने निर्णय समेत गरेको छ । बैठकमा स्थायी कमिटी सदस्य लक्ष्मण पौडेल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज रवीन्द्र बैठा, केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज डिल्लीप्रसाद उप्रेती, केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रदेश सभा सदस्य बेची लुंगेली लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा सर्लाही क्षेत्र नम्बर १ को (ख) मा प्रतिस्पर्धिभन्दा दोब्बर मतसहित निर्वाचित प्रदेशसभा सदस्य बेची लुंगेलीलाई बधाईसहित सम्मान गरिएको संगठन विभाग प्रमुख भरत कार्कीले जानकारी दिनुभयो । अब बन्ने मधेश प्रदेश सरकारमा प्रदेशसभा सदस्य लुंगेलीलाई मन्त्री बनाउन दबाल सिर्जना गर्ने समेत निर्णय गरिएको उहाँले बताउनुभयो ।

मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीले सर्लाहीको क्षेत्र नम्बर १(ख) मा बेची लुंगेली र क्षेत्र नम्बर ३ (क) मा निवर्तमान प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेतीलाई उमेदवार बनाएको थियो । पार्टीको प्रतिनिधिसभा सदस्य तर्फका उम्मेदवार पराजित हुनुमा पार्टीका नेता कार्यकर्ताको अन्तरघात तथा सगठबन्धनका सहयात्री दलहरुको असहयोग नै प्रमुख कारण रहेको भेलाले निष्कर्ष निकालेको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज नेपाली टोपी दिवस मनाइँदै

आज नेपाली टोपी दिवस मनाइँदै

२०७९ पुष १७, आईतवार ०८:४२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते