जनवाल कल्याण माबि बागमतिको दाता सम्मान तथा छात्रबृती वितरण कार्यक्रम सम्पन्न

बागमती । सर्लाहीको बागमतीमा रहेको श्री जनवाल कल्याण माद्यामिक बिद्यालय धरहराले दाता सम्मान तथा छात्रबृती वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार बागमती नगरपालिका–२, स्थित धरहरामा रहेको उक्त बिद्यालयले एक भब्य समारोहको विच दाता सम्मान गरेको हो । मधेश प्रदेश सभा सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बिद्यालयलाई सघन पोषाक तथा अन्य ब्यवस्थापनमा सहयोग गर्ने ५३ जना सहयोगी दाताहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।
साथै बिद्यालयले सोही कार्यक्रमका विच रुद्रदिप स्मृती छात्रबृती वितरण तथा एसईईमा उत्कृष्ठ नतिजा ल्याउने बिद्यार्थी सम्मान समेत गरेको जनाएको छ । आन्तरिक आयश्रोतको माध्यम नभएको यस बिध्यालयले शैक्षिकगुणस्तर सुधारका लागि दाताहरुबाट आर्थिक संकलन गरेको थियो । सोही दाताहरुलाई सम्मान गरिएको बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहराले जानकारी दिए ।

बिध्यालय ब्यवस्थापन समितिको अगुवाईमा ५३ जना दाताहरुबाट ६ लाख ८३ हजार ७ सय ६९ रुपैया संकलन भएको बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष बोहराले जानकारी दिए । त्यस मध्य बिद्यालयले ४ लाख ८७ हजार ५ सय रुपैयामा छात्रछात्राहरुको लागि सदन पोषाक खरिद गरिएको र २९ हजार रुपैयामा बिद्यालयको बाल कक्षा ब्यवस्थापन खर्च गरेको उल्लेख गरेको छ ।

यस्तै संकलित रकमबाट बाँकी एक लाख ६७ हजार दुई सय ३९ रुपैया बिद्यालयको नाममा नेपाल बैक हरिवन शाखामा रहेको खातामा मौजाद रहेको बिद्यालय ब्यवस्थापन समितिले जनाएको हो । खरिद गरिएको बिद्यालयको सदन पोषाक छात्रछात्राहरुलाई निःशुल्क वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए ।

यस्तै बिद्यालयले सोही अवसरमा बिद्यालयका शिक्षक शिक्षिकालाई सम्मान तथा ७ जना शिक्षक शिक्षिकाहरुलाई विदाई समेत गरेको जनाएको छ । बिद्यालयले गत शैक्षिक सत्रमा एसईईमा उत्कृष्ठ नतिजा ल्याउन सफल एक छात्रलाई साईकल पुरस्कार वितरण गरेको थियो । भने, बिद्यालयका दुई उत्कृष्ठ छात्रछात्रा स्मृती बोहरा र रितेश धनुकीलाई रुद्रदीप स्मृती अक्षयकोष पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको बिशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा उपमेयर लिला कुमारी मोक्तान, स्थानीय तथा सहयोगि डाक्टर उमेश दहाल, बागमती नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय, शिक्षा अभियन्ता अभिषेक घिमिरे, बागमती वडानम्बर २ का वडाध्यक्ष टेक बहादुर बल, ३ का वडाध्यक्ष तिलक मोक्तान, शिक्षा संयोजक राज कुमार बिश्वकर्मा लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा छात्रछात्राहरुले बिद्यालय र बालबालिका प्रति अभिभावकले खेल्नुपर्ने भुमिका बिषयक नाटक तथा नृत्य समेत प्रस्तुत गरेका थिए । यस बिद्यालयले पछिल्लो समय बालबालिकाको सिप विकासका लागि विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते