सर्लाहीमा चन्दा आतंक फैलाउने २ जना हरिवनबाट पक्राउ, हरिपुर्वामा एक बृद्धको हत्या

लालबन्दी । सर्लाहीको हरिवन बजार क्षेत्रमा चन्दा असुल्दै हिड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढि गाउँपालिका–७, बस्ने ४५ बर्षका चेत नाथ अधिकारी र रौतहटको चन्द्रपुर नगरपालिका–१, बस्ने ५० बर्षका राजु हाडा रहेको ईलाका प्रहरी कार्यलय हरिवनका प्रमुख प्रहरी निरिक्षक अनिल गिरीले जानकारी दिए ।

उनीहरुले हरिवन नगरपालिका–११, स्थित बजार क्षेत्रमा ब्यापारीहरुसँग नेपाल कम्यिुनिष्ट पार्टी(माओवादी)को नाममा चन्दा आतंक फैलाएको प्रहरीले जनाएको छ । पक्राउ परेको दुवै जनालाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको हो ।

भनेजति चन्दा नदिए जे पनि गर्न सक्ने धम्की दिँदै उनीहरुले व्यापारीहरुलाई डरत्रास देखाएर चन्दा असुल्दै आएको दाबी प्रहरीले गरेको छ ।

त्यस्तै हरिपुर्वा नगरपालिका–३ धनकौलका ७५ वर्षीय राजनारायण रायको हत्या भएको छ । टाउकोको पछिल्लो भागमा चोटपटक लागेको अवस्थामा राय आफ्नै गोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बुधबार दिउँसो करिब ३ बजे नै राय मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई गरिएको थियो । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का र प्रारम्भिक अनुसन्धानमा समय लागेकाले शव बिहीबार मात्र पोष्टमार्टमका लागि पठाएको छ ।

प्रहरीले तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान गर्ने जनाएको छ । राय मृत भेटिएको गोठ एकान्त स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

यस्तो छ आजकाे माैसम

यस्तो छ आजकाे माैसम

२०७९ भाद्र १९, आईतवार ०१:५६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते