तामाङ समुदायबाट एसईई उतिर्णलाई घेदुङको सम्मान

सर्लाही  : नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटिले तामाङ समुदायबाट एसईई उतिर्ण छात्रछात्राहरुलाई सम्मान गरेको छ । हरिवन स्थित सम्राट पार्टी प्यालेसमा मंगलवार औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटिले २०७९ मा एसईई दिएका २ सय १३ जनालाई सम्मान गरेको हो ।

उनीहरुले हरिवन नगर भित्रका निजि र सामुदायिक गरी १९ बिद्यालयबाट एसईई दिएका थिए । सफल भएका बिद्यार्थीहरुहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको घेदुङ नगर कमिटि अध्यक्ष राजु लो तामाङले जानकारी दिए ।

तामाङ अध्यन समुहको सहयोगमा आयोजित समारोहमा कार्यक्रमकी प्रमुख अतिथि हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान लगाएतले सम्मान पत्र प्रदान गरेका थिए । एसईई उतिर्ण छात्राछात्रहरुलाई उच्च शिक्षाको लागि प्रोत्साहन तथा उनीहरुको लगत संकलनका लागि समेत कार्यक्रम आयोजना गरिएको तामाङ घेदुङ नगर अध्यक्ष तामाङको भनाई थियो ।

समुदायमा उच्च शिक्षालाई महत्व नदिने परिपाटिको अन्त्यको लागि समेत यस कार्यक्रम कोशेढुंगा सावित हुने कार्यक्रमका बक्ताहरुको भनाई थियो । घेदुङ नगर अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, माओवादी केन्द्रकी पद्मा मोक्तान, तामाङ घेदुङ मधेश प्रदेश अध्यक्ष संजिव मोक्तान, हरिवन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष टम बहादुर घिसिङ, २ नम्बर वडाध्यक्ष अर्जुन योन्जन, ६ नम्बर वडाध्यक्ष सन्तलाल घिसिङ लगाएतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

इन्धनको मुल्य घट्यो, पेट्रोलको कति ?

इन्धनको मुल्य घट्यो, पेट्रोलको कति ?

२०७९ पुष २, शनिबार ०८:२९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते