सदरमुकाम मलंगवामा गरियो आगलागी नियन्त्रण तथा उद्धार अभ्यास

लालबन्दी : सदरमुकाम मलंगवामा बिहीबार आगलागी नियन्त्रण तथा उद्धार कार्यको अभ्यास (डेमो) प्रदर्शन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई समेत सहभागी गराइ जिल्ला समन्वय समितिको तीनबिघे मैदानमा आगलागी नियन्त्रण तथा उद्धार कार्यको संयुक्त अभ्यास गरेका हुन् । सो कार्यको जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीलगायतले निरीक्षण समेत गरेका छन् ।

सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम धेरै हुने भएकाले सबै सुरक्षा निकायबीच समन्वय गरी आगलागी नियन्त्रण तथा उद्धार अभ्यास गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी कैलाश राईले उज्यालो अभियानसँग बताए । उनका अनुसार तीनबिघे मैदानमा सानो झुप्रो बनाइ त्यसमा आगो लागेको देखाइ सो आगलागी नियन्त्रण गर्दै आगोमा पररेर घाइते भएकालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको दृश्य प्रदर्शन गरिएको छ ।

कार्यक्रममा नेपाली सेनाले विपद्को समयमा प्रयोग गरिने विभिन्न उद्धार सामग्री पनि प्रदर्शन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

२०७९ कार्तिक २९, मंगलवार ११:५३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते