हरिपुरमा ट्रकलाई ओभरटेक गर्न खोज्ने मोटरसाईकललाई कारले ठक्कर दियो

लालबन्दी : सर्लाहीको हरिपुरमा शुक्रवार दिउँसो सवारी दुर्घटना हुँदा ३ जना घाईते भएका छन । नवलपुर मलंगवा सडक खण्डको हरिपुर ४ हरैयामा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अगाडी जान खोजेको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको कारले ठक्कर दिएको हो ।

प्रदेश २–०३–००१ख६२२९ नम्बरको ट्रकलाई ना५६प ४२३६ नम्बरको मोटरसाईकलले ओभरटेक गर्न खोज्दा अगाडिबाट आउँदै गरेको प्रदेश ३–०१–०२४च२६४७ नम्बरको कारले ठक्कर दिएको हरिपुर प्रहरीले बताएको छ । दुर्घटनामा मोटरसाईकल चालक लालबन्दी ७ बस्ने बर्ष २५ को डोक बहादुर लामा, लालबन्दीकै बर्ष १६ का द्वारीका साह र बर्ष १७ का कृष्णा राम घाईते भएका छन ।

उनिहरुको स्वाभिमान अस्पताल हरिवनमा उपचार भईरहेको छ । घाईते लामाको अवस्था गम्भिर रहेको र अन्य दुईको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

हातमा चोट लागी सामान्य घाईते भएका कार चालक वीरगंज १५ बस्ने बर्ष ३१ का संजय कुमार महतो र ट्रक चालक हरिपुर ६ घर भएका ४२ बर्षिय रामबाबु चौधरीलाई प्रहरीले सवारीसाधनसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते