प्रवासि कामदारहरुका लागी ‘उज्वल सपना’ – पाैरखि

बागमति, असार ८ : बैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण सम्बन्धमा सर्लाहीको बागतीमा अन्तरकृया गरिएको छ । बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुद्वारा स्थापित ‘पौरखि नेपाल’ नामक गैर सरकारी संस्थाको आयोजनामा बागमतिस्थित सिता प्यालेस होटलमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विभिन्न उस्तै प्रकृतिका तथा सरोकार राख्ने निकायका प्रमुख एवं प्रतिनिधिहरुसँग अन्तरकृया गरिएको संस्थाका विजय लामाले बताउनुभयो । कार्यक्रममा सहभागिहरुलाई पौरखी नेपालकी संस्थापक एवं अध्यक्ष सत्र कुमारी गुरुङ, पुर्व अध्यक्ष एवं हाल रणनीतिक सल्लाहकार मन्जु गुरुङ र कार्यक्रम संयोजक मनिस केसिले सुन्य लागतमा बैदेशिक रोगजगारीमा जाने प्रकृया र ब्यवस्थाको बिषयमा जानकारी गराउनुभएको थियो ।

अन्तरकृयाका बिच इसरा संस्थाले संचालन गरेको मोबाईल एप्स नेपालमा ‘उज्वल सपना’ र अन्य देशमा ‘गोल्डेन ड्रिम्स’को बिषयमा समेत जानकारी गराईएको थियो । सहभागिहरुबाट मोबाईल एप्स ‘उज्जल सपना’ को बिषयमा उठेका प्रश्नको जवाफ दिँदै एप्स प्रयोग गर्ने तरिका र फाईदाको बारेमा बताईएको थियो । बैदेशिक रोजगारमा जान चाहनेहरुको लागि बहुउपयोगी सो एप्सको विषयमा सहभागीले सकारात्मक प्रतिकृया दिएका थिए । सो एप्सको माध्यमबाट बैदेशिक रोजगारीमा जान चाहनेले अवसर, भिजा आवेदन, कुनै किसिमको ठगी लगाएतको उजुरीसगैँ मेनपावर र रोजगार दाताको विषयमा समेत सजिलै जानकारी लिन पाउनेछन ।

बागमती नगरपालिकालाई लक्षित गरेर संचालन गरिएको यस कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, ईलाका प्रशासन कार्यलय हरिवनका टेष्टराज भण्डारी, बागमती नगरपालिका रोजगार शाखा संयोजक निलम कुशवाह, बागमती सेवासमाजका प्रमेश वादे लगाएत विभिन्न कार्यलयका प्रतिनिधि र संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

अन्तरकृया पश्चात कैद गरिएको सामुहिक तश्वीर/क्षितिज विश्वकर्मा

हाल २१ जिल्लामा शाखा सेवा बिस्तार गरेको पौरखिले ७७ ओटै जिल्लामा सेवा पु¥याउँदै आएको र अहिले रुपन्देहि र सर्लाही जिल्लामा कार्यक्रम संचालन भईरहेको जानकारी अध्यक्ष गुरुङले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज नेपाली टोपी दिवस मनाइँदै

आज नेपाली टोपी दिवस मनाइँदै

२०७९ पुष १७, आईतवार ०८:४२ गते
रोसन दासको ‘आहाँ बात करु’ रिलिज

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

२०७९ मंसिर ८, बिहीबार १७:२२ गते
अलमलमा दलित आन्दोलन

अलमलमा दलित आन्दोलन

२०८० मंसिर २२, शुक्रबार ११:५२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते