नवलपुरमा सुनचाँदी ब्यवसायी साहलाई अपहरण प्रयास गर्ने एक जना प्रहरीको नियन्त्रणमा

नवलपुर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर बजारमा आइतबार साँझ एक जना सुनचाँदी व्यवसायीलाई अपहरण गर्ने प्रयास भएको छ ।

नवलपुरस्थित पूर्व बसपार्कदेखि दक्षिणतर्फ मनकामना सुनचाँदी पसल संचालन गर्ने लालबन्दी नगरपालिका–१, स्थित नवलपुर नै घर भएका गुड्डु साहलाई अपहरणको प्रयास भएको हो । साँझ ६ बजेतिर कार चढेर आएका केही व्यक्तिले उनलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए । तर, तत्कालै प्रतिकार गरेर स्थानीयले एक जनालाई नियन्त्रणमा लिन सफल भएका छन् ।

ती व्यक्तिलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुरमा लगेर राखिएको छ । अन्य व्यक्ति भने गाडी लिएर फरार भएका छन् । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

२०८० बैशाख २२, शुक्रबार ०७:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते