वीरगंजमा पत्रकार स्व. नरेश सर्राफकाे पहिलाे स्मृति सभा सम्पन्न

वीरगंज । क्रियाशिल पत्रकार स्वर्गिय नरेश सर्राफको प्रथम स्मृति सभा आज वीरगंजमा सम्पन्न भएको छ । स्वर्गिय सर्राफको पहिलो वार्षिकीमा समाजवादी प्रेस संगठन पर्सा, रेडियो वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा आयोजना गरेको स्मृति सभा सम्पन्न भएको हो ।

रेडियो वीरगंज परिसरमा भएको स्मृति सभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वर्गिय नरेश सर्राफको नाम जिवन्त राख्न महानगरपालिकाले सहयोग गर्न सधै तयार रहेको वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले बर्षमा एक दिन मात्र नभई दुईरतीन पटक भएपनि विभिन्न कार्यक्रमको आयोजना गरि स्वर्गिय सर्राफको नाम जिवन्त राख्न र उहाँले पुर्याएको योगदानको चर्चा गर्नु पर्ने वताए ।

कार्यक्रममा आयोजकको तर्फबाट समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले स्वर्गिय नरेश सर्राफको नाम जिवन्त राख्न र उहाँको समझनामा विभिन्न कार्यक्रमको आयोजना गर्न नरेश सर्राफ स्मृति प्रतिष्ठान गठन गरिने वताए ।

उनले सोही प्रतिष्ठानले अबदेखि प्रत्येक वार्षिकीको अवसरमा स्मृति सभासहितको विभिन्न कार्यक्रम गर्नुको साथै स्वर्गिय नरेश सर्राफ पत्रकारिता पुरस्कार समेत विरतण गर्ने जानकारी गराए ।

कार्यक्रम मै एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष चौधरीले स्वर्गिय नरेश सर्राफको नाम जिवन्त राख्न गठन हुने प्रतिष्ठानलाई रु ५० हजार सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस संगठन पर्साका कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफको २०७९ मंसिर १५ गते अल्पायु मै हृदयघातबाट निधन भएको थियो । स्वर्गिय सर्राफको श्रीमती र एक छोरी छन् ।

राष्ट्रिय सहारा दैनिकका प्रकाशक चन्द्रभुषण साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयोजक डा।विश्वम्भर कुमार शर्मा, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, जसपा पर्साका सचिव तबरेज अहमद, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, जनमत पार्टीका पर्सा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारी, प्रेस सेन्टरका पर्सा अध्यक्ष दिपक गौतम, प्रेस चौतारी पर्साकी उपाध्यक्ष कविता खड्का, प्रेस युनियन पर्साका पूर्व सभापति रामनारायण कुर्मी लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

प्रेम दिवस र श्रीमतिको रिप्लाई

प्रेम दिवस र श्रीमतिको रिप्लाई

२०७९ फाल्गुन ४, बिहीबार ०८:१६ गते
यस्तो छ आजकाे माैसम

यस्तो छ आजकाे माैसम

२०७९ भाद्र १९, आईतवार ०१:५६ गते
error: <b>Alert: </b>Content selection is disabled!!