संचारकर्मी मैनालीको जन्मदिन : गुरुकुल र आश्रममा सहयोग

लालबन्दी । संचारकर्मी प्रकाश मैनालीले सोमबार गुरुकुल र आश्रममा सहयोग प्रदान गर्दै आफ्नो जन्मदिन मनाएका छन ।

सर्लाहीको लालबन्दीबाट प्रसारण हुने रेडियो एकताका स्टेशन म्यानेजर तथा अन्य राष्ट्रियस्तरका बिभिन्न मिडियामा आवद्ध मैनालीले जन्मदिनको अवसरमा लालबन्दी ७ स्थित राधाकृष्ण गुरुकुलममा बस्ने बटुकका लागि खाद्यान्न प्रदान गरे । उनले एक महिनालाई पुग्ने चामल तथा दाल सहयोग गरेका गुरुकुलमले जनाएको छ । गुरुकुलममा बसेर संँस्कृत अध्ययन् गरिरहेका बटुकलाई खाद्यान्न अभाव रहेको थाहा पाएपछि जन्मदिनको अवसर पारेर मैनालीले एक महिनाका लागि पुग्ने १ सय ७५ केजी चालम र ३० केजी दाल प्रदान गरेका हुन ।

मैनालीले सोमबार नै लालबन्दी २ स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा दुई थान एलइडी बत्ती र आश्रममा आश्रीतहरुलाई फलफूल समेत वितरण गरे । सो अवसरमा आश्रमका संरक्षक बासुदेवशरण कोइराला र संचालक भवानी कोइरालाले उनलाई शुभआर्शिवाद ब्यक्त गरेका थिए ।

रेडक्रस बयलवासको सदस्य तथा आँखा उपचार केन्द्रका उपाध्यक्ष समेत रहेका संचारकर्मी मैनालीले हरिवन नगरपालिका १ कैलाशपुरीस्थित मानव सेवाश्रममा पनि दुई थान एलइडी बत्ती प्रदान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फागुन २९ गते सोमवारको दैनिक राशिफल

फागुन २९ गते सोमवारको दैनिक राशिफल

२०७९ फाल्गुन २९, सोमबार ०६:३४ गते
कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

२०७९ मंसिर १६, शुक्रबार १२:०३ गते
error: <b>Alert: </b>Content selection is disabled!!