वडा नम्बर १५ को वडाभेलाको सुझाव : यसपाली खानेपानीको समस्या समाधान गरियोस्

परवानीपुर, असार १५ : सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ को वडा कार्यालयले शुक्रबार वडास्तरिय योजना तर्जुमा भेला बोलाएर छलफल गरेको छ । वडा नम्बर १५ र १६ को संयुक्त कार्यालय रहेको भवनको सभाहलमा भएको छलफलमा वडाका राजनितिज्ञ, समाजसेवी, बुद्धिजिवि, युवा तथा खेलाडि, किसान अगुवा, स्वास्थ्यकर्मि लगाएतको उपस्थिती रहेको थियो ।

वडाध्यक्ष गोरख बलको अध्यक्षता तथा जिल्ला समन्वय समितीका सदस्य हेम कार्किको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरु सुर्य बहादुर जिम्बा, बन्दिरामाया बम्जन, कार्यपालिका सदस्य कमला सेवा दमाई, वडाध्यक्षका प्रत्यासि उद्धव मोक्तानसहित बिभिन्न राजनितिक दलका वडा संयोजक एवं प्रतिनिधिको उपस्थ्तिी रहेको थियो । वडा सचिव रञ्जना कार्किले संचालन गरेको कार्यक्रमका सहभागीहरुले यसपाली खानेपानीको समस्या समाधानका लागी काम गर्नुपर्ने बताएका थिए ।

नगरपालिकाको सबैभन्दा ठुलो क्षेत्रफल तथा बिकट वडाका वडाबासिले कतै तारजाली, तटबन्ध, कतै सडक स्तरोन्नती तथा ढलान र पिचको कुरा उठाएका भएपनि बलियो रुपमा खानेपानीको समस्या समाधानका निम्ति यसपालि वडा कार्यालयले काम गर्नुपर्ने बताएका वडाध्यक्ष बलले लिड खबरसँग बताउनुभयो । कार्यक्रमका बक्ताहरुले हरेक बर्ष बजेट बनाउने बेला वडा भेला गरेर सुझाव माग्ने गरिएको भएपनि पछि योजना तथा कार्यक्रममा भेलामा उठेको कुरा नसमेटिने गरेको गुनासो गरेका थिए । कार्यक्रममा आफ्नो भनाई राख्ने वडाध्यक्षका प्रत्यासि उम्मेदवार मोक्तानले गत आर्थिक बर्षमा गरिएका कामको सार्वजनिक सुनुवाई हुनुपर्ने माग राख्दै हरेक कुराहरु पारदर्शि हुनुपर्ने बताएका थिए ।

दोश्रो कार्यकालका लागी समेत बिजयी भएका वडाध्यक्ष बलले भेलामा उठेका प्रश्नको सालिन ढंगबाट जवाफ फर्काउँदै यसपालिको निति तथा कार्यक्रममा खानेपानीको समस्या समाधानका निम्ति काम गरिने बताउनुभएको थियो । वडाको देउरालि, बोहोरेडाँडा, चिसापानी, ताप्केबिँड, आहालेडाँडा लगाएतका भित्री बस्तीहरुमा पिउने पानीको हाहाकार हुने गरेको छ । कार्यक्रमका अधिकांस सहभागीहरुले यसपालीको बजेट खानेपानीको बिकाशकै लागी खर्च गर्नुपर्ने र आगामि बजेटहरुमा अन्य बिकाश निर्माणका काम गर्न सकिने धारणा राखेका थिए ।

ठुलो वडा भएकाले काम गरेको नदेखिने गरेकोले यसपाली परिणाममुखि काम गर्न वडा कार्यालयलाई भेलाका सहभागीले सुझाएका थिए ।

आगामि आर्थीक बर्ष २०८०/८१ का लागी लालबन्दी नगरपालिकाले वडा नम्बर १५ का लागी १ करोड १० लाख बजेट बिनियोजन गरेको छ ।

https://www.youtube.com/watch?v=kpxvU4cNj7A&t=11s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते