रित्तियो समुन्द्र सुकेर सबै बाफ भयो ।
मौनता नै मेरो लागि उत्कृष्ट जवाफ भयो ।
केहि तस्विर र यादहरु आँखामै लिप्त छ,
प्रेम त सकियो सम्बन्ध जलेर राख भयो ।
हाल खबर पनि मेरो त कहाँ छ र सुन्न लायक,
बरु तिम्रो त बिछ्यौना नै उसको काख भयो ।
हाँसो होस् मुस्कान होस्, दैव दाहिने रहुन तिम्रो,
जाऊ रमाउ तिम्रा सारा कसुरहरु माफ भयो ।
✍️ संसार अधिकारी, लालबन्दी १७, सर्लाही