लालबन्दी । सर्लाहीको लालवन्दीमा मदन भण्डारी फाउण्डेशनले सहिद दिवस मनाएको छ । लालवन्दी बजार स्थित सहिद युगल वहादुर जर्गाको सालिक भएको स्थानमा एक कार्यक्रम विच सहिद दिवस मनाइएको फाउण्डेशनका प्रदेश सदस्य उज्वल कार्कीले जानकारी दिएका छन ।
कार्यक्रममा फाउन्डेसनका प्रदेश उपाध्याक्ष एवं नेकपा एमालेका नेता गणेश प्रसाई, पुर्व प्रदेश सभा सदस्य डिल्ली उप्रेती, पुर्व नगर प्रमुख मान वहादुर खड्का, सहिद युगलका भाई लेखराम जर्गा लगायतले सहिद युगल वहादुर जर्गाको योगदानको वारेमा मन्तव्य राखेका थिए । वक्ताहरुले सहिद युगलको योगदान अनुसार उहाँको सम्मानमा गर्नु पर्ने काम नभएको विषयमा ध्यानाकर्षण गराए ।
कार्यक्रमका प्रमुख अतिथी हरिवनका पुर्व नगर प्रमुख समेत रहेका प्रसाईले मदन भण्डारीले विश्वलाई नै प्रभावित गराउने वहुदलीय जनवादको विचार ल्याउनु भएको वताए ।
अर्का वक्ता पुर्व सभासद उप्रेतीले युगल जर्गालाई लालवन्दीमा गोली लागेपछि हरिवनको वाटो उपचारको लागि वीरगंज लादै गर्दा वाटैमा निधन भएको जानकारी दिए । उनले युगलले पानी मागेपछि सुकेपोखरीमा गाडी रोकेर इनारको पानी पियाइएको जानकारी दिए । लालवन्दीका पुर्व नगर प्रमुख खड्काले आफु नगर प्रमुख हुदा नगरको व्यवसायिक भवनको नाम सहिदको स्मृतिमा राखेको वताए ।
कार्यक्रममा फाउन्डेसनका सर्लाही जिल्ला अध्यक्ष चूडामणि वाग्लेले आज सहिदको सालिकमा माल्यार्पण गरेर फाउन्डेसनको सर्लाही जिल्ला कमिटीले आफ्नो काम शुभारम्भ गरेको जानकारी दिए । उनले आजैवाट जननेता मदन भण्डारीको सम्मान ः जनताको घरदैलोमा हाम्रो अभियान कार्यक्रमको पनि घोषणा गरेका थिए । यो कार्यक्रम अन्तर्गत मदन भण्डारीद्धारा प्रतिवादित जनताको वहुदलीय जनवादको विचारलाई स्थानीय तहसम्म लिएर जाने फाउन्डेशनका सदस्य सन्दिप थापाले वताए ।
कार्यक्रममा एमाले जिल्ला सचिव डिल्ली अधिकारी, एमाले नेताहरु रुपनारायण चौधरी, वलराम पोखरेल, प्रकाश थापा, जयप्रकाश यादव, विक्रम भण्डारी, प्रज्वल ढुंगाना, आभुषण चौलागाई, सुरेन्द्र दास, टिका प्रसाद चौलागाई, मेन कुमार गौतम, सरोज वावु न्यौपाने, उमेश आचार्य, पवित्रा घिमिरे सहित उल्लेख्य संख्यामा स्थानीयवासी उपस्थित थिए ।
सहिदलाई सवैले विर्सिने गरेकोमा फाउण्डेशनले कार्यक्रम गरि सहिदलाई सम्झना गरेकोमा धेरैले प्रशंसा गरेका छन ।
पंचायती व्यवस्थाको विरोधमा लालवन्दीका जुलुसको नेतृत्व गर्दा युगल वहादुर जर्गालाई प्रहरीको गोली लागेको थियो । पेशाले शिक्षक उनलार्ई २०३६ साल जेठ ५ गते गोली लागेको र त्यसै दिन निधन भएको हो । सहादत प्राप्त गर्दा युगल २२ वर्षका थिए ।
लालवन्दी बजारमा उनको सालिक राखिएको भए पनि उचित संरक्षण भने नभएको स्थानीयको गुनासो छ ।
हरिपुर । सर्लाही जिल्लाको हरिपुरमा रहेको एक विद्यालयमा प्रधानाध्यापकले कार्यकुशलता देखाउन नसकेको भन्दै स्थानियले आरोप लगाएका छन । हरिपुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्रीराम लगन माबि पिडारीमा प्रधानाध्यापक जवाहरलाल यादवले विद्यालयको व्यवस्थापकिय भुमिका राम्रोसँग निर्वाह गर्न नसकेको स्थानियको आरोप छ ।
सोहि सन्दर्भमा आईतबार वडा नम्बर ९ का युवाहरुले बिभिन्न माग राख्दै हरिपुर नगरप्रमुख गोपाल पंजियारलाई ज्ञापन पत्रसमेत बुझाएका छन । उनिहरुले ज्ञापन पत्रमा प्रधानाध्यापक यादवले शैक्षिक गुणस्तक कायम गर्न र कक्षा ब्यवस्थापन गर्न नसकेको, गुणस्तरहित दिवा खाजा खुवाएको, खाजाको रकममा चलखेल गरेको, बिद्यार्थीहरुबाट अनावश्यक शुल्क लिने गरेको लगाएतका आरोप लगाएका छन ।
त्यस्तै प्रधानाध्यापक स्थानिय राजनितिमा सक्रिय रहेको र शिक्षकहरुबिच नै आपसि मतभेद रहेको, प्रधानाध्यापकमा नेतृत्व गर्ने क्षमता नभएको उनिहरुको आरोप छ । ज्ञापन पत्रमार्फत प्रधानाध्यापक यादवको अविलम्ब सरुवा गर्न नगरप्रमुख पंजियारसमक्ष माग गरिएको स्थानिय दिनेश यादवले जानकारी दिए ।
यता प्रधानाध्यापक यादवले आफ्नो व्यक्तिगत स्वार्थ पुरा नभएको कारण आफुमाथी आरोप लगाईएको प्रतिकृया दिएका छन । कसैको श्रीमति, कसैको भाईलाई विद्यालयमा जागीर नदिएको रिस उनिहरुले आफुमाथी पोखेको उनको भनाई छ । ‘आफु त एक साक्षी मात्रै त हो’ भन्दै प्रधानाध्यापक यादवले बिद्यालय ब्यवस्थापन समिती, वडाध्यक्षले गर्नुपर्ने कामको आरोप आफुलाई लगाईएको र विद्यालयमा त्यस्तो किसिमको कुनै समस्या नरहेको बताएका छन ।
त्यस्तै सोहि वडाका वडाध्यक्ष विश्वनाथ रायले सो विद्यालयमा आरोप लगाईएको जस्तो केहि समस्या रहेको दाबि गरेका छन । उनले नियमित आफु सो विद्यालयमा पुग्ने गरेको, ब्यवस्थापन समिती, प्रधानाध्यापक, अभिभावक लगाएतसँग बैठक बस्ने गरेको बताएका छन । अहिले केहि काम भएन भने राजनिति गर्ने थलो सरकारी विद्यालय भएकोले केहि ब्यक्तिहरुले त्यस्तो प्रयास थालेको हुन सक्ने उनको बुझाई छ ।
वडाध्यक्ष रायले आफ्नो वडामा २ ओटा सरकारी विद्यालय रहेको र त्यसको गुणस्तर बढाउने तर्फ आफु लागीरहेको बताएका छन ।
१ भदौ, धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् ।
जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए ।
जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ ।
जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।
३० साउन, बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।
नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ ।
पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो ।
गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको र गोली प्रहार गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।