लालबन्दी ७ नम्बर वडा कार्यालयद्वारा ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकालाई ईलेक्ट्रिक जग प्रदान

सर्लाहीको लालबन्दी नगरपालिका ७ को वडा कार्यालयले शनिबार वडाभित्रका ३२७ जना ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्दै पानी तताउने ईलेक्ट्रिक जग प्रदान गरेको छ ।

राज्यबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका वडाभित्रका ती लाभग्राहीलाई सम्मानसहित बिजुलीबाट पानी तताउने एक/एक थान ईलेक्ट्रिक जग प्रदान गरिएको वडाध्यक्ष कृष्ण कुमार कार्की (गोपाल) ले जानकारी दिनुभयो ।

वडा कार्यालयसँगै रहेको जानकी माध्यमिक बिद्यालयको प्रांगणमा जम्मा भएका ज्येष्ठ नागरिक, एकल महिला अपाङ्गता भएकाहरुलाई वडाध्यक्ष कार्की, वडा सदस्यहरु ताराकुमारी श्रेष्ठ, गीता कुमारी विश्वकर्मा, सुरज थापा, राधेश्याम गुप्ता र वडा सचिव निला कुमारी निरौलाले जाडोमा तातो पानी खान ईलेक्ट्रिक जग प्रदान गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते