लालबन्दी : सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा निवर्तमान प्रदेशसभा सांसद बेची लुंगेलीको पुनः जित सुनिश्चित भएपछि समर्थकहरुले बिजय ¥यालीको तयारी गरिरहेका छन ।
नेकपा (एकीकृत समाजवादी) नेत्री लुंगेलीको जीत सुनिश्चित भएको छ । अब उनको जितको औपचारीक घोषणा मात्रै हुन बाँकी रहेको छ । पछिल्लो ताजा परिणाम अनुसार ३४ हजार ८६६ मतगणना हुँदा लुंगेलीले १३ हजार ६६७ मत प्राप्त गरेकी छिन् ।
लुंगेलीसँगै अन्य ११ जना प्रतिस्पर्धामा रहँदा दोश्रो स्थानमा रहेकी नेकपा एमाले नेत्री लालबन्दी नगरपालिकाकी पुर्व मेयर समेत रहेकी शान्ति लामा भन्दा भन्दा लंगेली झण्डै दोब्बर मतले अगाडी रहेकी छिन । एमालेकी लामाले ६ हजार ९७७ मत मात्र पाएकी छिन् ।