धनुषाको मुखियापट्टीमा गोली लागेर एक जनाको मृत्यु

धनुषा | धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका–२ बस्ने करिव ४० वर्षीय धनुक दासको मृत्यु भएको हो । उनको बायाँ पाखुरामा गोली लागेको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न सकेको छैन भने घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

लालबन्दी १६ मा अर्को बोरिङ

लालबन्दी १६ मा अर्को बोरिङ

२०८० श्रावण २७, शनिबार ०८:५३ गते
सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

२०८१ असार २३, आईतवार ११:२७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते