लालबन्दीमा रास्वपाको आमसभा सम्पन्न

लालबन्दी । सर्लाहीको लालबन्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आमसभा सम्पन्न भएको छ । लालबन्दी ७ स्थित पुर्व पश्चिम राजमार्ग, डुमडुमे मन्दिर अगाडी पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेताहरुको उपस्थितीमा आमसभा सम्पन्न भएको हो ।

पार्टीको लालबन्दी नगर कमिटि अध्यक्ष बालकृष्ण कार्किको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरीबाट उपस्थित नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । पार्टी सभापति रबि लामिछानेको उपस्थिती हुने आसमा लालबन्दी पुगेका धेरै जना कार्यक्रममा आफु अस्वस्थ भएर उपस्थित हुन नसकेको र छिटै नै आफु लालबन्दी आउने शन्देस सहितको भिडियो बजेपछि फर्किएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्किले यो देशलाई आफुजस्तो युवा नेताको खाँचो भएको बताईन । देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको ज्ञारेन्टि नभएको, अहिले आफु जस्ता धेरै युवा बिदेश पलाएन भईरहेको सन्दर्भमा आफ्नो पार्टीले मात्रै ति समस्याको सम्बोधन गर्न सक्ने र आफ्नो पार्टीको भिजनले मात्रै त्यस्ता समस्याको हल डा. कार्किको जिकिर थियो ।

त्यसैगरि पार्टी उपसभापति स्वर्णिम वाग्लेले आफु जन्मिनु भन्दा अगाडीदेखि अहिलेका बिभिन्न पार्टीका यीनै नेताहरुले देशको नेतृत्व गरिरहेको र हालसम्म पनि त्यहि अनुहारले मात्रै नेतृत्व गरिरहनु कत्तिसम्म जायज हो भन्दै प्रश्न गरे । उनले युवालाई सबै क्षेत्रमा अवशरको खाँचो रहेको र त्यो अवशर आफ्नो पार्टीले मात्रै प्रदान गर्न सक्ने बताए । देशमा बिद्यमान समस्यमाको अन्त्य गर्नका लागी अबको चुनावमा रास्वपालाई भोट हालेर जिताउनुको बिकल्प नभएको भन्दै वाग्लेले मिसन ८४ लाई घण्टिमय बनाउन भुमिका खेल्न उपस्थित सबैसँग आग्रह गरे । उनले लालबन्दीको टमाटरलाई काकरभिट्टाको सस फ्याक्ट्रिसम्म पु¥याएर यहाँका किसानलाई राहत दिन नसक्ने कस्तो नेतृत्वलाई हामिले झेलिरहेका छौँ त भन्दै अवको हाम्रो एकमात्र बिकल्प भनेको रास्वपालाई जिताउनु मात्रै भएको बताए ।

कार्यक्रममा सहभागी धेरैले रबि लामिछाने आउने भनेर आफुहरुलाई झुक्याएको प्रतिकृया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

पौष १६ गते शनिबारको दैनिक राशिफल

पौष १६ गते शनिबारको दैनिक राशिफल

२०७९ पुष १६, शनिबार ०७:०८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते