दुई थान पेस्तोल र २० राउन्ड गोलीसहित दुई जना पक्राउ

मलंगवा । सर्लाहीको दक्षिण पुर्वी क्षेत्रमा रहेको पर्सा गाउँपालिका ६ अन्तर्गत पर्ने नेपाल भारत सीमाबाट सशस्त्र प्रहरीले शनिबार राति पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल आउँदै गरेको भारतीय नम्बरको मेटरसाइकलमा आएका दुई जना युवाहरूको तलासी लिँदा १ थान अटोमेटिक पेस्तोल, १ थान कटुवा पेस्तोल र २० राउन्ड गोलि बरामद भएको संग्रामपुर सशस्त्र प्रहरी वेशका इन्चार्ज कृष्ण बहादुर गुरुङले जानकारी दिए ।

पक्राउ परेकाहरु हरिपुर्वा ६ खरमार टोल बस्ने जीवन कुमार यादवको साथबाट अटोमेटिक पेस्तोल १ थान र १५ थान गोलि र मोटरसाइकल पछाडी सवार प्रकाश यादवको साथबाट १ थान कटुवा पेस्तोल र ५ थान गोलि बरामद भएको इन्स्पेक्टर गुरुङले बताए ।

हतियारसहित भारतबाट प्रवेश गरेका दुवै जनालाई शनिबार राति ८ बजे पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

२०७९ पुष २६, मंगलवार १७:२२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते