मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका नेता सरोजकुमार यादव नियुक्त

सर्लाही : मधेस प्रदेशमा मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनको शपथ पुस २९ मा हुने भएको छ। मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्।

प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव बारा १ ९२० बाट निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते